कञ्चनपुरमा श्रीमतीसँग घरमा प्रेमी देखेपछि... 



कञ्चनपुर: कञ्चनपुरको लालझाडी गाउँपालिका–४ सिलकट्टीजाई शिविरका ३५ वर्षीय रामरेसर रानाको हत्या भएको खुलेको छ ।

वैशाख १७ गते साइकलसहित मृत फेला परेका रानाको उनकी श्रीमतीका प्रेमीले हत्या गरेको खुलेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक खडकबहादुर खत्रीका अनुसार बेलौरी नगरपालिका–४ का पुन्ना राना र मृतक रामरेशरकी श्रीमती माया रानाबिच अनैतिक सम्बन्धले उक्त घटना भएको हो।

वैशाख १६ गते मायालाई मृतक रानाले पुन्नासँग आफ्नै घरमा देखेपछि झगडा भएको थियो। श्रीमान–श्रीमतीबिच हातपात हुन थालेपछि पुन्ना रानाले बाँसको चिर्पटले रामरेसरमाथि प्रहार गरेका थिए ।

उनको घटनास्थलमै मृत्यु भएपछि शवलाई सडक छेउमा फालिएको थियो । असार २६ गते जिल्ला अदालत कञ्चनपुरले पुन्ना रानालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।

मृतककी श्रीमती माया चौधरी र मानमती चौधरीलाई एक–एक लाख धरौटीमा छोड्न आदेश दिइएको भए पनि उनीहरूले धरौटी बुझाउन नसकेपछि कारागार चलान गरिएको छ।

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका

अत्तरियामा जाम भएका मुख्य नाली सफा गरिदै

अत्तरिया: कैलालीको अत्तरियामा जाम भएका मुख्य नालीहरू सफा गरिदैछ। बुधबारदेखि