कञ्चनपुरमा लागूऔषधसहित २६५ जना पक्राउ, ६ करोडको अवैध सामान जफत 



महेन्द्रनगर: कञ्चनपुरमा लागूऔषधको समस्य विकराल बन्दै गएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक खड्कबहादुर खत्रीले अहिलेको मुख्य समस्या भनेको लागूऔषध नै भएको बताए ।

यसको रोकथामका लागि प्रहरी निर्मम भएर लागेको उनले बताएका हुन । “भारतसँगको खुल्ला सीमानाकाका कारण चुनौतीपूर्ण छ ।” जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७९/८० मा लागूऔषधका १५१ मुद्दा दर्ता भएका छन भने २९३ जना पक्राउ परेका छन् ।

त्यसैगरी, आर्थिक वर्ष २०८०/८१ मा १८१ मुद्दा दर्ता भएका छन भने २८७ जना पक्राउ परेका छन् । त्यसैगरी आर्थिक वर्ष २०८१/८२ मा १७७ मुद्दा दर्ता भएका छन भने २६५ जना पक्राउ परेका छन् ।

यस्तै कञ्चनपुरमा एक वर्षमा ६ करोड ३७ लाखको अवैध सामान बरामद गरिएको छ । प्रहरीले आर्थिक वर्ष २०८०/८१ मा ६ करोड ३७ लाख ८५ हजार ५१९ मुल्य बराबरको अवैध समान नियन्त्रणमा लिएको छ। आर्थिक वर्ष २०८१/८२ मा ७ करोड ३९ हजार ५४७ बराबरको भन्सार चोरीछलीको समान बरामद गरिएको छ ।

गत वर्ष ६ जनासहित ९७ सवारीसाधन बरामद गरिएको थियो । यस्तै अवैध नदी खोला उत्खनन गर्ने ट्याक्टर नियन्त्रणमा लिएर ११ लाख ८५ हजार जरिबाना असुल गरिएको प्रहरीले जनाएको छ ।

यसका साथै मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउने चालकमाथि कारबाही गरेर एक लाख ७४ हजार जरिबानाबाट राजस्व असुल भएको प्रहरीको अभिलेख छ।

गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गर्न अनुगमन

महेन्द्रनगरः गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गरिने भएको छ। सो सडकलाई चार

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका