सुदूरपश्चिममा सवारी दुर्घटना भयावह, वर्षेनि हुन्छ २ सय जनाको मृत्यु 



अत्तरियाः सुदूरपश्चिम प्रदेशमा सवारी दुर्घटना भयावह बन्दै गएको छ । आज मात्र बाजुरामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइतेको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरेर हाल उपचार भइरहेको छ ।

बाजुराको हिमाली गाउँपालिकामा आज बिहान क्युडी गाउँबाट कवाडी आउँदै गर्दा जीप दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । क्युडीबाट वडा कार्यालय कवाडीतर्फ आउने क्रममा बा प ०३–००१ ज ०३३८ नम्बरको जिप अनियन्त्रित भएर दुर्घटना भएको हो ।

दुर्घटनामा परी दुई जनाको घटनास्थलमा र एक जनाको उद्धारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवबहादुर चौधरीले बताए ।

दुर्घटनामा परी घाइते भएका चालक २३ वर्षीय गौरी बुढा, सोही गाउँपालिका–५ बस्ने ३५ वर्षीय बाँचलाल रोकाया, ७० वर्षीया भदौरी रोकाया, २२ वर्षीय बाँचधन रोकाया, ४५ वर्षीय वीरबहादुर रोकायालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत कर्णाली प्रदेशको प्रादेशिक अस्पताल सुर्खेत लगिएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी शितलबहादुर रावलले जानकारी दिए । उनले एकैपटक सबै घाइतेलाई लैजान सम्भव नभएकाले पटकपटक गरेर सबैलाई उद्धार गरी थप उपचारका लागि हेलिकप्टरमार्फत सुर्खेत लगिएको बताए ।

दुर्घटनामा परी ७६ वर्षीया विजौरा रोकाया र ७५ वर्षीया बाँचकला रोकायाको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक चौधरीले बताए । उद्धारका क्रममा ३५ वर्षीया जुनेली रोकायाको ज्यान गएको थियो ।

चार वर्षमा ५३४ जनाले गुमाए अकालमै ज्यान

सुदूरपश्चिम प्रदेशभित्र हरेक वर्ष सवारी दुर्घटना बढ्दै गएको पाइएको छ । सुदूरपश्चिममा वर्षेनि करिब २ सय जनाले अकालमै ज्यान गुमाउने गरेको पाइएको छ । दुर्घटनामा ज्यान गुमाउनेसँगै घाइते हुनेहरुको संख्या पनि वर्षेनि बढ्दै गएको पाइएको हो ।

सुदूरपश्चिममा विगत वर्षहरूको तुलना आर्थिक वर्ष २०८१/८२ मा सवारी दुर्घटना बढेको छ । प्रदेशमा सडक बिस्तारसँगै सवारी चाप पनि बढ्न थालेपछि दुर्घटना बढ्दै गएको हो । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाको तथ्यांक अनुसार बितेका दुई आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०८१/८२ मा सवारी दुर्घटना बढेको हो ।

प्रदेशको ट्राफिक व्यवस्थापन कार्यालयका अनुसार आव २०७९/८० मा २५२ सवारी साधन दुर्घटना भएको थियो भने २०८०/८१ म बढेर ३०९ पुगेको हो । आर्थिक वर्ष २०८१/८२ मा बढेर एक हजार १५३ पुगेको छ । दुर्घटना बढेसँगै सवारी दुर्घटनामा परि ज्यान गुमाउने र घाइते हुनेहरूको संख्या पनि बढ्दै गएको छ ।

ट्राफिक व्यवस्थापन कार्यालयको तथ्यांक अनुसार आव २०७९/८० मा भएको सवारी दुर्घटनामा परि १७७ जनाको मृत्यु ४७३ जना घाइते भएका थिए भने आव २०८०/८१ मा १७२ जनाको मृत्यु तथा ५३६ घाइते हुन पुगेका थिए । यो आर्थिक वर्ष अघिका दुई आर्थिक वर्षको तुलनामा १८५ जनाको मृत्यु भएको छ भने एक हजार ९३६ जना घाइते भएको प्रदेश ट्राफिक व्यवस्थापन कार्यालयका डिएसपी टेकबहादुर जोराले बताए ।

मदिरा तथा लागूऔषध सेवन गरी ओभर स्पीडमा र ट्राफिक नियमको अवज्ञा गरी जथाभावी मोटरसाइकल लगायतका दुईपांग्रे सवारी चलाउने युवाहरूबाट बढी दुर्घटना हुने गरेको प्रहरी रेकर्डमा उल्लेख छ । यस्तै सवारी कारबाहीबाट सुदूरपश्चिम प्रदेशमा ४ करोड २५ लाख ४० हजार राजश्व संकलन भएको छ ।

गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गर्न अनुगमन

महेन्द्रनगरः गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गरिने भएको छ। सो सडकलाई चार

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका