अत्तरिया: कैलालीको गोदारीबाट भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् ।
गोदावरी नगरपालिका-८ स्याउले बस्ने २६ वर्षीय राजु चौधरी र सोही ठाउ बस्ने २३ वर्षीय चन्द्रबहादुर चौधरी भरुवा बन्दुकसहित भरूवा बन्दुकसहित पक्राउ परेका हुन।
अस्थायी प्रहरी बिट स्याउलेबाट खटिएको प्रहरी टोलीले राजुको घरमा खानतलासी गर्दा घरभित्र लुकाइ राखेको भरुवा बन्दुक नाल–१, चित्तलको सिंङ, चित्तलको खुट्टाको आधा भाग र चन्द्रबहादुरको घरभित्रबाट लुकाइ राखेको भरुवा बन्दुक नाल–१ हतियारसहित दुवै जनालाई नियन्त्रणमा लिएको जनाइएको छ ।








प्रतिक्रिया दिनुहोस