अत्तरिया: डेढ किलो चरेससहित कैलालीको गोदावरीबाट ४ जना पक्राउ परेका छन् । बैतडीको सुर्नया गाउँपालिका-४ का २८ वर्षीय चन्द्रसिंह एरी, २५ वर्षीय मोहन भट्ट र महेश विक चरेससहित पक्राउ परेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
विहिबार राती इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दको कमाण्डमा खटिएको टोलीले गोदावरी नगरपालिका-१ स्थित भरतपुरबाट पक्राउ परेका उनीहरुको साथबाट झण्डै आधा किलो चरेस बरामद गरेको हो ।
त्यस्तै गोदावरी-२ अत्तरिया स्थित बझाङ्ग बिपिन होटलबाट बझाङ्गको छबिसपाथिभारा गाउँपालिका-७ का ३९ वर्षीय गगन बोहरा पनि पक्राउ परेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
बोहराको साथबाट प्रहरीले १ किलो चरेस बरमद गरेको छ। पक्राउ परेका चारै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस