अत्तरिया: सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी सार्ने षड्यन्त्र विरुद्ध स्थानीयले संघर्ष गर्ने भएका छन् । तत्कालीन सुदूरपश्चिम प्रदेश सभाको बैठकले कैलालीको गोदापरी नगरपालिका वडा नम्बर २ तेघरीमा स्थायी राजधानी बनाउने निर्णय गरेको थियो ।
तत्कालीन प्रदेश सभाको बहुमतबाट सो स्थानमा स्थायी राजधानी बनाउने निर्णय गरेको ७ वर्ष पुग्नै लाग्दा पनि बर्तमान प्रदेश सरकारले सो निर्णय कार्यान्वयन गर्नुको सट्टा गोदावरीबा राजधानी नै सार्ने षड्यन्त्र भएपछि स्थानीय आक्रोशित बनेका हुन ।
गोदावरीमै राजधानी कायम हुनुपर्ने र तत्काल कार्यान्वयन गर्नुपर्ने गोदावरीबासीको माग छ ।
हाल प्रदेश सरकारले मुख्यमन्त्री आसपासको क्षेत्रलाई बिस्तार गरेर राजधानीको संरचना बनाउने तयारी थालेको छ । आज देखि शुरु हुने बर्खे अधिबेशनमा राजधानी सार्ने विधेकक समेत सरकारले ल्याउने तयारी गरेको छ ।
प्रदेश सभा सदस्य खिमा बिष्टले राजधानी सार्ने विषय गलत भएको बताइन् । एक ठाउँमा राजधानी बनाईसकेपछि अर्को ठाउँमा सार्न नहुने उनको भनाइ छ ।
यस्तै जय गोदावरी अभियानले पनि प्रदेश राजधानीको विषयमा सरोकार पक्षसँग छलफल गर्ने भएको छ । सोही विषयमा छलफल गर्न आइतबार बिहान छलफल बोलाइएको संयोजक धनबहादुर बोगटीले बताए ।








प्रतिक्रिया दिनुहोस