कञ्चनपुर: कञ्चनपुरबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् । जिल्लाको पुनर्वास नगरपालिका-११ डोकेबजार चेकप्वाईन्टबाट डोटीको दिपायल-सिलगढी नगरपालिका-३ का २२ वर्षीय राजकुमार बादी लागूऔषधसहित पक्राउ परेका हुन ।
निजको साथबाट ६ ग्राम ७३० मिलिग्राम लागूऔषध फेला पारी उक्त पदार्थसहित निजलाई इलाका प्रहरी कार्यालय त्रिभुवनवस्ती र प्रहरी चौकी परासनबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।








प्रतिक्रिया दिनुहोस