धनगढी: कैलालीकाे धनगढीमा लागूऔषधसहित चार जना पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढी, वडा प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले लागूऔषधसहित चार जनालाई पक्राउ गरेकोे हाे ।
धनगढी उप-महानगरपालिका-२ ब्यारेल नजिकबाट धनगढी-७ बस्ने बर्ष १९ को जिवन मन्ने र बर्ष २७ को आदित्य खड्कालाई ४ ग्राम ३८० मिलिग्राम लागूऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस्तै इलाका प्रहरी कार्यालय बहुलियाबाट खटिएको प्रहरी टोलीले धनगढी उप-महानगरपालिका-१४ खुटिया टोलबाट धनगढी-१४ बस्ने २५ को सुभम राना र सेवा राना ३ ग्राम ६० मिलिग्राम लागूऔषधसहित पक्राउ परेका छन् ।
प्रहरीले चारै जनाबाट ७ ग्राम ४४० मिलिग्राम लागूऔषध र २ थान माेटरसाइकलसमेत बरामद गरेकोे छ । पक्राउ परेका चारै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस