अत्तरिया: कैलालीमा एक जना मृत अवस्थामा फेला परेका छन् । तामा खोज्न जङ्गल गएका जिल्लाको बनबेहडाका टेकबहादुर रोकाया सम्पर्कविहिन भएको ४ दिनपछि मृत अवस्थामा फेला परेका हुन ।
गौरीगंगा नगरपालिका–६ बनबेहडा बिजयनगर टोलका २८ वर्षीय रोकाया तामा खोज्न गएका बेला यही साउन १० गतेदेखि सम्पर्कविहीन भएका थिए ।
बिहान ८ बजे घरदेखि तामा खोज्न दुई जना अन्य व्यक्तिसँगै निस्किएका रोकाया चुरे गाउँपालिका–४ को तल्ला रौला जङ्गलबाट सम्पर्कविहीन भएकोमा मंगलवार सोही ठाउँमा मृत फेला परेका हुन ।
चुरे गाउँपालिका–४ पनेरुवा शिविरमाथि सिताखाली खोलामा घोप्टो परेको अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी रणबहादुर चन्दले बताए ।








प्रतिक्रिया दिनुहोस