गोदावरीमा राजधानी कार्यान्वयन गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र 



अत्तरिया: ७ वर्षअघि कैलालीको गोदावरीमा घोषणा गरिएको स्थायी राजधानी कार्यान्वयन गर्न आवश्यक सहयोग गरिदिन भन्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको ।

हिजो प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनका स्वकिय सचिव मार्फत गोदावरीमा राजधानी कार्यान्वयनको माग गर्दै ज्ञापनपत्र बुझाइएको हो ।

जय गोदावरी स्वतन्त्र नागरिक अभियानले २०७५ असोज १२ गते प्रदेश सभाको बहुमतबाट गोदावरीमा स्थायी राजधानी घोषणा गरेको भए पनि अहिलेसम्म कार्यान्वयन हुन नसकेको विषयमा प्रधानमन्त्रीकाे ध्यानाकर्षण गराएको छ ।

साथै राजधानी अन्यत्र सार्ने कुनै पनि किसमको प्रयास नगरियोस्, जनभावना र संबैधानिक निर्णयको सम्मान गरियोस् भन्दै सो अभियानले प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको हो ।

सो अभियानका संयोजक धनबहादुर बोगटीले हिजो प्रधानमन्त्री ज्यु कैलालीको चिसापानी-कर्णाली आइपुगेको अवसरमा आफुहरू त्यहीँ पुगेर ज्ञापनपत्र बुझाएको बताए। बोगटीसंगै ज्ञापनपत्र बुझाउन राजन खड्का र शंकर खड्का लगायतको टोली पनि सहभागी थियोे ।

गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गर्न अनुगमन

महेन्द्रनगरः गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गरिने भएको छ। सो सडकलाई चार

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका