धनगढीः कैलालीको धनगढीबाट लागूऔषधसहित तीन जना युवक पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलाली र लागूऔषध नियन्त्रण व्युरो शाखा धनगढीबाट खटिएको टोलीले लागूऔषधसहित तीन जना युवकलाई नियन्त्रणमा लिएको हो ।
धनगढी उपमहानगरपालिका–९, श्रीरामनगर टोलबाट घुईयाघाट बस्ने २० वर्षीय सुरेन्द्र रानालाई २ ग्राम २० मिलिग्राम लागूऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यस्तै, धनगढी उपमहानगरपालिका–२, ब्यारेल नजिकबा से ६ प २६६१ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा मोटरसाइकल चालक २६ वर्षीय विशाल चौधरी र पछाडि सवार २४ वर्षीय दिपक चौधरीलाई ५ ग्राम ६३० मिलिग्राम लागूऔषधसहित पक्राउ गरिएको छ ।
प्रहरीले लागूऔषधसहित मोटरसाइकलसमेत बरामद गरेको हो । पक्राउ परेका तीनै जनालाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस