कञ्चनपुरः कञ्चनपुरमा खुकुरी प्रहारबाट एक जना घाइते भएका छन् । जिल्लाको पुर्नवास नगरपालिका–५ स्थित ‘घ’ गाउँका १६ वर्षीय आयुष बोहरा घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक सागर बोहराका अनुसार, गएराति पुर्नवास नगरपालिका–५ स्थित ‘ग’ गाउँमा रहेको भानु युवा क्लबको खेल मैदानमा सामान्य विवादका क्रममा सोही ठाउँका १६ वर्षीय रोहित टमटा र २० वर्षीय पर्वत सुनारले बोहरामाथि खुकुरी प्रहार गरेका थिए ।
खुकुरी प्रहारबाट घाइते बोहराको पुर्नवास स्थित बिएन पोलिक्लिनिकमा सामान्य उपचारपछि थप उपचारका लागि निर्सग अस्पताल धनगढी लगिएको प्रहरी नायव उपरीक्षक बोहराले बताए ।
कुटपिटमा संलग्न टमाटा र सुनारलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही अगाडी बढाइएको बोहराले बताए । पक्राउ परेका टमाटाको साथबाट खुकुरी समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस