धनगढी: कैलालीमा एक युवतीको हत्या भएको छ । १७ वर्षीया किशोरी याचना सेजवालको चक्कु प्रहार गरी हत्या भएको हो । जिल्लाको बर्दगोरिया गाउँपालिका-३ घर भएकी ती किशोरी सोही पालिकाको वडा नम्बर १ मा रहेको राजधानी सेकुवा एण्ड मस्म सेन्टरमा काम गर्थिन् ।
सेजवाललाई सोही सेकुवा सेन्टरमा काम गर्ने युवकले चक्क हानेर हत्या भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहका अनुसार शनिबार बिहान १० बजेतिर सेजवालमाथि बर्दगोरिया-१ का ३३ वर्षीय नृप साउदले चक्कु हानेका थिए ।
चक्कु प्रहारबाट गम्भीर घाइते भएकी सेजवाललाई उपचारका लागि तत्काल निसर्ग हस्पिटल पुर्याइएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको डीएसपी सिंहले बताए ।
सेजवालको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल राखिनेछ । उनीमाथि चक्कु प्रहार गर्ने साउदलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको कारण खुलेको छैन । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस