कृष्णपुरले पाल्यो अवैध रूपमा चित्तल, छानबिन गर्न वनको निर्देशन 



कञ्चनपुरः कञ्चनपुरको कृष्णपुर नगरपालिकाले अवैध रूपमा चित्तल पालेको पाइएको छ । सो नगरपालिकाले पालेको चित्तलमाथि छानबिन गर्न डिभिजन वन कार्यालय कञ्चनपुरले निर्देशन दिएको छ । 

नगरपालिकाले एक वर्ष अघिदेखि अवैध रूपमा चित्तल पाल्दै आएको भन्दै डिभिजन वन कार्यालय कञ्चनपुरले वाणी सव-डिभिजन वन कार्यालयलाई छानबिन गर्न निर्देशन दिएको हो ।

शुक्रवार डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख रामविचारी ठाकुरले सव-डिभिजन वन कार्यालय वाणीलाई छानबिन गर्न निर्देशन दिँदै पत्राचार गरेका छन् । पत्रमा सो नगरपालिकाले चित्तलका लागि छुट्टै खोर नै बनाएर दुईवटा चित्तल पालन गर्दै आएको जानकारी आएकाले त्यसको विषयमा जाँचबुझ प्रतिवेदन पेस गर्न भनिएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले वन्यजन्तुको संरक्षण, प्रवर्धन तथा पालन गर्न चाहने व्यक्ति वा संस्थाले अनुमति लिनुपर्ने व्यवस्था गरेकाे छ । नगरपालिकाले कार्यालय परिसरमै अनुमति बिना विगत  जङ्गली जनावर चित्तल पालेको छ ।

व्यावसायिक रूपमा वन्यजन्तुको पालन, प्रजनन तथा उपयोगसम्बन्धी मापदण्ड, २०८० अनुसार जंगली जनावरको पालनपोषण गर्न राष्ट्रिय निकुञ्ज विभागबाट आवश्यक अनुमति लिनुपर्ने व्यवस्था रहेको छ । तर कुनै अनुमति नलिई कृष्णपुर नगरपालिकाले दुईवटा चित्तल पाल्दै आएको पाइएको हो ।

विभागमा कुनै पनि किसिमको अनुमति कृष्णपुर नगरपालिकाले नलिएको राष्ट्रिय निकुञ्ज विभागका सूचना अधिकारी वरिष्ठ इकोलोजिस्ट हरिभद्र आचार्यले बताए । डिविजन वन कार्यालय कञ्चनपुरका प्रमुख रामबिचारी ठाकुरले पालिकाले चितल पालेको विषयमा कार्यालयलाई जानकारी नभएको बताए ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन–२०२९ ले वन्यजन्तुलाई अनुमती बिना पाल्न नपाईने व्यवस्था गरेको छ । ऐनको दफा १५ (क)  अनुसार वन्यजन्तुको अध्ययन, अनुसन्धान, प्रजनन् तथा पालन गर्न सक्ने व्यवस्था गरेको छ । तर त्यसका लागि ईच्छुक व्यक्ति वा  संस्थाले तोकिए बमोजिम अनुमतीपत्र लिनुपर्ने उल्लेख छ ।

गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गर्न अनुगमन

महेन्द्रनगरः गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गरिने भएको छ। सो सडकलाई चार

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका