गोदावरीमा ७ जना पशुचौपाया हेरालुको नाममा ९ लाख खर्च 



अत्तरियाः कैलालीको गोदावरी नगरपालिकाभित्र छाडा पशुचौपायाको समस्या विकराल बन्दै गएको छ । गोदावरी नगरपालिकाले छाडापशुचौपायाको उचित व्यवस्थापन गरेको दाबी गर्दै आएपनि यस्तो समस्या जताजतै देखिन थालेको छ ।

विशेष गरी रातिको समयमा मेन सडकदेखि भित्री शाखा सडकसम्मै छाडापशुचौपाया देखिने गरेको स्थानीय प्रमोद विष्टले बताए । छाडापशुचौपायाका कारण सबैभन्दा बढी सवारीचालक दुर्घटनाको जोखिममा पर्ने गरेका छन भने त्यसपछि किसान यसबाट पीडित बन्न पुगेका छन् । तर गोदावरी नगरपालिकाले भने छाडापशुचौपाया व्यवस्थापन गर्न भन्दै ७ जना हेरालु राखेको छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १३ मा स्थानीय स्तरमा वातावरण संरक्षण गर्ने तथा पशु स्वास्थ्य व्यवस्थापनको भूमिका तोकिएको छ । गोदावरी नगरपालिकाले आफ्नो क्षेत्रका सडकमा छाडिएका चौपायाको संरक्षण तथा व्यवस्थापन गर्न एउटा समिति नै गठन गरिएको छ ।

गोदावरी नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा मात्र गौशाला तथा छाडा पशुचौपाया व्यवस्थापनका लागि ७ जना हेरालु नै राखेर ८ लाख ९९ हजार ९ सय ७३ रुपैयाँ खर्च गरेको पाइएको छ । तर छाडापशुचौपाया भने यत्रतत्र देखिने गरेको नगरबासीको गुनासो छ ।

चौपायाको गोबर तथा दुधलाई व्यवस्थित गरेर सोबाट प्राप्त हुने रकमबाटै धान्न सकनिे गरी चौपाया व्यवस्थापन गर्न सकिने अवस्था हुँदाहुँदै पनि यस विषमा नगरपालिकाको ध्यान जान सकेको छैन् ।

गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गर्न अनुगमन

महेन्द्रनगरः गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गरिने भएको छ। सो सडकलाई चार

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका