कैलाली: कैलालीबाट लागुऔषधसहित ३ जना पक्राउ परेका छन् । शनिबार दिउँसो धनगढी उपमहानगरपालिका–३ स्थित ब्यारेल नजिकबाट २१ वर्षीय आर्यमन चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार चौधरीको साथबाट तीन सय मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ । त्यस्तै, शनिबार राति धनगढी उपमहानगरपालिका–८ क्याम्पस नजिकबाट २८ वर्षीय राजेश चौधरी र भुवन चौधरीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनीहरूको साथबाट एक सय मिलिग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जनामाथि लागुऔषधसम्बन्धी मुद्दामा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस