अत्तरिया: कैलालीको अत्तरियाका मुख्य चार सडकमा छाडा पशुचौपायाको बिगबिगी बढीको छ । पुर्व रोड, धनगढी रोड, महेन्द्रनगर रोड र पहाड रोडमा छाडा पशुचौपायाको बिगबिगी बढेको हो ।
सवारीसाधन भन्दा बढी मुख्य सडकमा छाडा पशुचौपायाको बिगबिगी बढेपछि दुर्घटनाको जोखिम बढेको सवारी चालक रमेश जोशीले बताए । विशेष गरी रातिको समयमा सडकमा छोडिएका छाडा पशुचौपायाका कारण बढी समस्या हुने गरेको उनले बताए ।
गोदावरी नगरपालिकाले यश समस्याको उचित व्यवस्थापन गर्नुपर्ने सवारी चालहरूको भनाइ छ । उसो त नगरपालिकाले यस्ता छाडा पशुचौपाया व्यवस्थापन गर्ने भन्दै ७ जना हेरालु राखेको बताएको छ । गत वर्ष मात्र छाडा पशुचौपाया व्यवस्थापन र हेरालुको नाममा करिब ९ लाख खर्च गरेको समेत पाइएको छ ।
नगरपालिकाले सडकमा छोडिएका छाडा पशुचौपाया व्यवस्थापनको नाममा बर्सेनि खर्च गर्दै आए पनि समस्या भने हल हुन सकेको छैन । छाडा पशुचौपायाका कारण किसान पनि समस्यामा पर्ने गरेका छन् ।
रातिको समयमा तस्बिरमा देखिए जस्तै अत्तरियाका चार मुख्य सडकमा छाडा पशुचौपाया देख्न सकिन्छ । समाचार प्रयोजनका लागि खिचिएको तस्बिर अत्तरिया स्थित पुर्व रोडको हो । यस्तो समस्या भित्री सडकहरूमा पनि देख्न सकिन्छ ।








प्रतिक्रिया दिनुहोस