कञ्चनपुर: मोटरसाइकल दुर्घटना हुँदा कञ्चनपुरमा एक जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो जिल्लाको शुक्लाफाँटा नगरपालिका-११ बनरापुलस्थित पूर्वपश्चिम राजमार्गमा अनियन्त्रित भएर मोटरसाइकल दुर्घटना हुँदा शुक्लाफाँटा नगरपालिका-७ पिताम्बरका ४४ वर्षीय गजेन्द्रबहादुर कुँवरको मृत्यु भएको हो ।
धनगढीबाट महेन्द्रनगर तर्फ जादै गरेकोे सुदुरपशचिम प्रदेश ०२००३ प ४८६० नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी सागर बोहराले बताए ।
दुर्घटनामा टाउकोमा चोट लागेर गम्भिर घाइते भएका कुँवरको उपचारको क्रममा महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको उनले बताए ।








प्रतिक्रिया दिनुहोस