कञ्चनपुरमा बहुविवाह गरेर फरार भएका मानबहादुर पक्राउ 



कञ्चनपुर: कञ्चनपुरमा बहुविवाह गरेर फरार भएका एक जना पक्राउ परेका छन् । घरमा पत्नी हुंदाहुंदै अर्को बिवाह गर्ने फरार प्रतिवादी पक्राउ परेका हुन ।

जिल्लाको बेलौरी नगरपालिका–२ का ४७ वर्षीय मानबहादुर चौधरी बहुविवाह गरेर फरार भएका थिए । चौधरीले बहुविवाह गरेपछि जिल्ला अदालत कञ्चनपुरमा मुद्दा दायर गरिएको थियो ।

त्यसपछि अदालतले चौधरीलाई बहुविवाह मुद्दामा १ वर्ष ६ महिना कैद सजाय तोकेको थियो । तर उनी फरार भएका थिए । ४७ वर्षीय चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

यस्तै सवारी ज्यान मुद्दामा फरार दोषी पनि पक्राउ परेका छन् । ६ महिना कैद सजाय र २ हजार जरिबाना तोकिएका दोधारा-चाँदनी नगरपालिका–१० का २० वर्षीय जयसिंह बुढामगर पक्राउ परेका हुन ।

जिल्ला अदालत कञ्चनपुरले उनलाई सवारी ज्यान मुद्दामा दोषी ठहर गरेको थियोे । दोषी ठहर भएका दुबै जनालाई मंगलवार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गर्न अनुगमन

महेन्द्रनगरः गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गरिने भएको छ। सो सडकलाई चार

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका