अत्तरिया: सुदूरपश्चिममा झण्डै ७ करोड युनिट विद्युत् चुहावट भएको देखिएको छ । नेपाल विद्युत् प्राधिकरणको आर्थिक वर्ष २०८१/८२ को तथ्यांकअनुसार अनुसार यस प्रदेशभित्र झण्डै ७ करोड युनिट विद्युत् चुहावट भएको देखिएको हो।
विद्युत् प्रणालीमा प्रवाह भएको विद्युतको मात्रा र ग्राहकको मिटरमा देखिएको युनिटको फरक नै चुहावट हो । कमजोर पूर्वाधार तथा प्रणाली, तारमा रुखले छुँदा, पुरानो प्रविधि, वितरण लाइनको लम्बाइ र चोरीलगायत कारण विद्युत् चुहावट हुन्छ । विद्युत् चुहावट प्राविधिक र गैरप्राविधिक गरेर दुई प्रकारका हुन्छन् ।
विद्युत् चुहावटको हिसाबमा ७ प्रदेशमध्ये सुदूरपश्चिम प्रदेश तेस्रो स्थानमा छ । गत आवमा सुदूरपश्चिमको प्रणालीमा ४८ करोड ८० लाख युनिट विद्युत् प्राप्ति भएको थियो । त्यसमा ४२ करोड ९ लाख ६७ हजार युनिट विद्युत् खपत भएको छ । ६ करोड ७० लाख ३३ हजार युनिट विद्युत् चुहावट भएको देखिएको छ ।








प्रतिक्रिया दिनुहोस