धनगढी: कैलालीको धनगढीस्थित बालाजी फेन्सीमा सशस्त्र प्रहरीले छापा हानेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेटक्वाटर कैलाली र सशस्त्र प्रहरीको प्रस्तावित सीमा सुरक्षा गुल्म त्रिनगरको टोलीले धनगढी बसपार्कमा रहेको बालाजी फेन्सीमा छापा हानेको हो ।
बालाजी फेन्सीले अवैध रुपमा सामान भण्डार गरेर राखेको भन्ने विशेष सूचनाका आधारमा छापा हाने हो ।
कैलाली भन्सार कार्यालयमा लगेर सामानको मूल्यांकन गरेपछि मात्र मूल्य यकिन हुने सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गणले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस