अत्तरिया: कैलाली कारागार रणभुमी बन्न पुगेको छ । समयमा कैदीहरूको स्थानान्तरण नहुँदा कैलाली कारागार रणभूमि बन्न पुगेको हो । तीन जना कैदीको समयमै सरुवा गरेको ठाउँमा नपठाउँदा कैलाली कारागार रणभूमि बन्न पुगेको विषय बाहिर आएको छ।
भूपेन्द्र बडूवाल हत्याकाण्डका आरोपीहरूको कागजी सुरुवा गरेपनि स्थानान्तरण नभएपछि कारागारभित्र दुई समूहबीच झण्डप भएको हो । कारागारका नाइकेले हत्या आरोपी मदन शाही, कपिल श्रेष्ठ, निशान्त मल्लको सरुवा गर्न सुझाव दिँदा पनि उनीहरूको स्थानान्तरण हुन सकेको छैन ।
गएराति कारागारमा कैदीबन्दीहरूबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन् । मृत्यु हुनेमा धनगढी-४ का ४० वर्षीय भरत चौधरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुई समूहबीच भएको झडपमा घाइते भएका ४७ जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
‘ए’ ब्लक र ‘बी’ब्लकका कैदीहरूको समूहबीच झगडा भएको हो । घाइते तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ । यसैबीच कारागारमा तनाव भएपछि घटनाको विवरण बुझ्न गएका सुरक्षा निकायका प्रमुखहरूलाई कैदीबन्दीले भित्र जानबाट रोकेका छन् ।
कारागार प्रशासनसम्म पुगेको टोली घटनास्थल निरीक्षक नगरी फर्किएको हो । कैदीबन्दीहरुले कसैलाई पनि जान नदिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनीहरुले सिलिण्डर, रड राखेर ढोकामा उभिएका छन् । यस्तै मिडियालाई पनि अस्पताल र कारागार जानबाट रोकिएको छ ।
घटनाबारे आफन्तलाई पनि जानकारी दिइएको छैन । १५० क्षमता भएको कारागारमा ७ सय भन्दा बढी कैदी रहेको कारागारका निमित्त जेलर रामकुमार चौधरीले बताए। उनले दुई कैदी समुहबिच भएको झडपका कारण ठुलो संख्यमा कैदीबन्दी घाइते भएका छन् ।








प्रतिक्रिया दिनुहोस