कैलाली जेलको सुरक्षा संयन्त्र गुण्डा समूह अगाडी लाचार 



अत्तरिया: कैलाली जेलको सुरक्षा संयन्त्र गुण्डा समूह अगाडी लाचार देखिएको छ । जिल्ला कारागार कैलाली जेलको सुरक्षा संयन्त्र दुईवटा गुण्डा समूहको अगाडी लाचार बन्न पुगेको हो ।

हिजो राति ती गुण्डा समुहको घानमा परेर एक जना कैदीको मृत्यु नै भएको छ । ४९ जना कैदीबन्दी घाइते भएका छन् भने तीन जनाको अवस्था गम्भीर छ ।

प्रहरी प्रशासनको चरम लापरबाहीले शुक्रबार मध्यरात कारागारभित्र रक्तपात भएको हो । त्यहाँ दई गुन्डा समूहबिच सांघातिक झगडा भएको थियो । राति सुतिरहेका एक कैदीको समूहमाथि अर्को समूहले अन्धाधुन्ध सांघातिक हमला गरेको थियो ।

कारागारभित्रै यस्तो संगीन घटना हुनुमा सुरक्षा निकायको गम्भीर त्रुटि देखिन्छ । बिहीबार नै कैदीहरू बिच एक चरण झडप भइसकेको थियो । जसमा पाँच जना घाइते पनि भएका थिए ।

कैदीबिच यो स्तरको वैमनष्यता देखिँदा पनि कारागार प्रशासन, जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयले सतर्कता अपनाएको देखिदैन् ।

जेलभित्र दुई गुण्डा समुहको रजगज

कैलालीमा ‘नन्दु सरकार’ भनिने नवीन रावल र जयन्द्र शाह नेतृत्वका दुई समूह गुण्डागर्दीमा संलग्न छन् । पहिले विभिन्न सरकारी ठेक्कापट्टामा मोलमोलाइ गर्ने, धम्क्याएर चन्दा असुल्ने काममा यी समूह सक्रिय रहेको बताइन्छ ।

सुरुमा एकै समूहमा रहेका यी दुई गुन्डा समूह पछिल्ला चाररपाँच वर्षयता दुस्मनीमा उत्रिएका छन् । दुवै समूह एक अर्काको ज्यान लिने स्तरमा उत्रिने गरेका घटनाहरू प्रहरीको रेकर्डमा छन् । 

दुवै समूहबिचको चर्चित घटना २०७८ कात्तिक २३ गते टीकापुरमा भएको ‘भूपेन्द्र बडूवाल’ हत्याकाण्ड हो । प्रहरीका अनुसार बडूवाल जयन्द्र शाह समूहकै भएकाले नन्दु सरकारको समूहले उनको हत्या गरेको थियो । नन्दु सरकारको समूह त्यो दिन जयन्द्र समूहका अर्का पात्र कपिल श्रेष्ठमाथि आक्रमण गर्न चाहन्थ्यो ।

श्रेष्ठले आफूमाथि आक्रमण गर्ने योजना बनाएको थाहा पाएपछि जवाफमा उनैमाथि आक्रमण गर्ने योजना बनाएको नन्दु सरकारको समूहले भूपेन्द्रलाई भेट्टाएपछि आक्रमण गरेको थियो । 

सोही घटनापछि नन्दु सरकार समूहसहित १९ जना पुर्पक्षका लागि कैलाली कारागारमा थिए । जसमा जयन्द्र समूहका कपिल श्रेष्ठ पनि कैलाली कारागारमै छन् । दुवै समूहबिचको बैमनस्यता कारागारभित्र पनि जारी थियो । 

कारागारमा रहेका तीन ब्लकमध्ये ‘सी’ ब्लकमा महिला कैदी बन्दी राखिएका छन् । ‘ए’ ब्लकमा नन्दु सरकारको समूह राखिएको थियो ।  ‘बि’ ब्लकमा कपिल श्रेष्ठ लगायतका अन्य कैदी बन्दी थिए । 

पछिल्लो पटक असारमा सिडिओ गोगनबहादुर हमाल कारागार निरीक्षणमा जाँदा ब्लक ‘ए’ मा मोबाइल फेला परेको थियो । त्यसपछि त्यहाँबाट सात जना कैदीलाई ब्लक ‘बी’ मा सारिएका थिए । त्यहीबाट सुरु भएको थप मनमुटाबले असार २८ गते पनि हिंसात्मक अवस्था सिर्जना गरेको थियो । जसमा कारागारका नाइके खगेन्द्र बोगटी गम्भीर घाइते भएका थिए । बोगटीमाथि कपिल श्रेष्ठ नेतृत्वको समूहले आक्रमण गरेको बताइन्छ । 

त्यहाँबाट सुरु भएको हिंसाको सिलसिलाले कारागारमा तनाव बढ्दा जिल्ला प्रशासन कार्यालयले कैदी बन्दीलाई अन्य कारागार सरुवासम्म पुगेको थियो। सरुवा भएकाहरू पनि नन्दु सरकार समूहकै सदस्यहरू थिए । जसका कारण उनको समूह आक्रोशित बन्यो ।

सोही कारण उक्त समूहले भित्ता फोडेर ‘बी’ ब्लकमा सुतिरहेका कैदीमाथि अन्धाधुन्ध सांघातिक हमला गरेको बुझिएको छ । उनीहरूले आक्रमण गर्दा खुकुरी, चक्कु, रड र जिममा सामग्री  प्रयोग गरेको बताइएको छ । सोही घटनामा ४० वर्षीय कैदी भरत चौधरीको मृत्यु भएको छ । 

कारागार कैदी बन्दीको कब्जामा

हिजाे रातिको घटनापछि कारागारभित्र सुरक्षाकर्मी प्रवेश गर्न सकेका छैनन् । कैलाली कारागार कैदी बन्दीहरूको कब्जामा छ । कैदीबन्दीहरूले भित्रबाट ताला लगाएको जेलर रामप्रसाद  चौधरीले स्विकारे । कैदीबन्दीहरूले थुनुवा कक्षको मूल गेटमा ग्यास सिलिन्डर राखेर कारागारमा आगो लगाइदिने चेतावनी पनि दिइरहेका छन् ।

गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गर्न अनुगमन

महेन्द्रनगरः गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गरिने भएको छ। सो सडकलाई चार

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका