अत्तरिया: कैलाली र कञ्चनपुरबाट पाँच जना युवक लागूऔषधसहित पक्राउ परेका छन् । कैलालीबाट तीन कञ्चनपुरबाट दुई गरी पाँच जना युवक लागूऔषधसहित पक्राउ परेका हुन ।
कैलालीको बर्दगोरीया गाउँपालिका-४ पुरैनाताल सामुदायिक वन क्षेत्र नजिकबाट लागूऔषध सेवन गरीरहेको अवस्थामा लम्कीचुहा नगरपालिका-६ गुलरा का २७ वर्षीय शंकर जैसी र बर्दियाको गेरुवा गाउँपालिका-१ थापापुर का २४ वर्षीय किरण रावल पक्राउ परेका हुन् । दुबै जनालाई ७ ग्राम लागूऔषधसहित इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
यसैगरी जानकी गाउँपालिका-१ दुर्गौलीबाट सोही ठाउँ बस्ने २७ वर्षीय क्षेत्रराज रावतलाई पक्राउ गरिएको छ । उनलाई एक सय मिलिग्राम लागूऔषधसहित इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।
उता कञ्चनपुरबाट पनि खैरो हेरोइनसहित २ जना पक्राउ परेका छन् । जिल्लाको बेलौरी नगरपालिका-१० सडकघाटबाट कृष्णपुर नगरपालिका–५ गुलरिया का २२ वर्षीय गणेश रावत र सोही स्थानका २५ वर्षीय टेकराम चौधरीलाई पक्राउ गरिएको हो ।
दुबै जनालाई १० ग्राम ५८० मिलिग्राम लागूऔषधसहित इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुँडाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।








प्रतिक्रिया दिनुहोस