धनगढीः कैलालीमा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । जिल्लाको लम्कीचुहा नगरपालिका–१ मा रहेको रोरा खोलामा नुहाउने क्रममा डुबेर सोमवार दिउँसो थपालीपुरका ९ वर्षीय बालक रोशन बोहराको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक लोकेन्द्रबहादुर सिंहका अनुसार उनी नुहाउन रोरा खोलामा गएका थिए । गर्मी छल्न तीन जना साथीहरूसँग नुहाउन गएकामा ती बालकको घटनास्थलमै मृत्यु भएको उनले बताए ।








प्रतिक्रिया दिनुहोस