महेन्द्रनगरको मदन चोकमा बसे जयबहादुर र रणबहादुर अनसन 



कञ्चनपुर: तत्कालीन समयमा शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारका क्रममा विस्थापित भएकाहरू पुनर्स्थापनाको माग गर्दै आमरण अनसनमा बसेका छन् । महेन्द्रनगर बजारको मदन चोकमा उनीहरूले साउन २२ देखि आमरण अनसन सुरु गरेका हुन् ।

विस्थापित भएकाहरू जयबहादुर रोकाया र रणबहादुर सिंह ६ दिनदेखि आमरण अनसनमा छन् । गएको असारमा काठमाडौँको माइतीघरमा अनसन बसेका उनीहरू वनमन्त्री ऐनबहादुर शाहीबाट एकरडेढ सातामै निर्णय हुने आश्वासन पाएपछि घर फर्केका थिए । दुई महिनासम्म पनि कुनै निर्णय नभएपछि आमरण अनसनमा बस्नुपरेको आरक्ष पीडित संघर्ष समितिका अध्यक्ष समेत रहेका रोकायाले बताए ।

उनले विगतका आयोगले निर्धारण गरिएको २ हजार ४७३ परिवारलाई पुनर्स्थापना गरिनुपर्ने बताए । रोकायाले दिवानसिंह विष्टको अध्यक्षतामा बनेको २१ औं आयोगले सिफारिस गरे अनुसार पुनर्स्थापना गरिनुपर्ने माग गरेका छन् । विष्ट आयोगले प्रतिपरिवार १० कट्ठा जग्गा दिनुपर्ने सिफारिस गरेको उनले बताए । त्यसका लागि जमिन समेत खोजी गरिएको उनले जानकारी दिए ।

पछिल्लो पटक पुनरावेदन अदालतका पूर्व न्यायाधीश जयानन्द पनेरुको नेतृत्वमा गठित ३२ औं समितिले पुनर्स्थापना गर्नुपर्नेको संख्या २ हजार २७ देखाएको छ । आयोगले २०८१ पुस २६ मा प्रतिवेदन बुझाएको थियो ।

अहिले विस्थापितहरू जिल्लाका विभिन्न १४ वटा शिविरमा बसोबास गरिरहेका छन् । सबैभन्दा बढी शुक्लाफाँटा राष्ट्रिय निकुञ्जकै ढक्का शिविरमा ६ सय बढी परिवार बसोबास गरिरहेका छन् । यसबाहेक तारापुर र लल्लरे डाडामा पनि विस्थापित बसिरहेका छन् । बाणी दैजी लगायतका स्थानमा विस्थापित बसोबास गरिरहेका छन् । महेन्द्रनगरमा आमरण अनसनसँगै बेदकोट नगरपालिकाको दैजीमा, बनहरा शिविरमा र ढक्का शिविरमा पनि रिले अनसन भइरहेको रोकायाले बताए ।

उनका अनुसार माग पूरा नभए अन्तिममा आफ्नो जमिन आफै अमिन भएर नापजोख गरेर जमिन छुट्याइने बताए । तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्षको पूर्वी क्षेत्रमा १५५ वर्गकिलोमिटर जमिन अधिग्रहण गरेर विस्तार गरिएको हो । हाल निकुञ्जमा स्तरोन्नति गरिएको शुक्लाफाँटाको क्षेत्रफल ३ सय ५ वर्गकिलोमिटर रहेको छ ।

गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गर्न अनुगमन

महेन्द्रनगरः गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गरिने भएको छ। सो सडकलाई चार

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका