धनगढीबाट सशस्त्र प्रहरीले समात्यो २५ लाखको अबैध कपडा 



अत्तरिया: कैलालीको धनगढीबाट सशस्त्र प्रहरी बलले २५ लाखको  मुल्यको अबैध कपडा बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीले २५ लाख भन्दा बढी मुल्यको अबैध कपडा बरामद गरेको हो ।

धनगढी उप-महानगरपालिका खेदाघाट भन्ने स्थानमा गोठ जस्तो छाप्रोमा हिजो राति बिशेष सूचनाको आधारमा अवैध कपडा बरामद गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीबाट सशस्त्र प्रहरी उपरीक्षक सुरेन्द्रराज रञ्जितको कमाण्डमा खटिएको ३१ जनाको टोलीले गोठ जस्तो छाप्रोमा लुकाई राखेको अवस्थामा लेडिज सुट, साडी, कुर्ता सुरुवाल, थानको कपडा र बच्चाको कपडा गरी २४ गाठ कपडा बरामद गरेर कैलाली भन्सार कार्यालय धनगढीलाई बुझाएको छ ।

गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गर्न अनुगमन

महेन्द्रनगरः गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गरिने भएको छ। सो सडकलाई चार

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका