दोस्रो विहे गरेर फरार भएका दुई जना पक्राउ 



कञ्चनपुरः बहुविवाह गरेर फरार भएका दुई जना कञ्चनपुर र अछामबाट पक्राउ परेका छन् । बहुविवाह मुद्दामा फरार दुबै जनालाई कञ्चनपुर र अछामबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला अदालत कञ्चनपुरबाट बहुविवाह मुद्दामा १ वर्ष कैद सजाय र ५ हजार  जरिवाना तोकिएका भीमदत्त नगरपालिका–२ उल्टाखामका ४० वर्षीय शंकरदत्त जोशी पक्राउ परेका छन् ।

जोशीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मंगलवार घरबाटै पक्राउ गरेको हो ।

यस्तै जिल्ला अदालत अछामले बहुविवाह मुद्दामा १ वर्ष कैद सजाय र १० हजार जरिवाना तोकेपछि फरार भएका जिल्लाको ढकारी गाउँपालिका–३ का २८ वर्षीय बमबहादुर विक पनि पक्राउ परेका छन् ।

उनलाई जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको प्रहरी टोलीले मंगलवार मंगलसैन नगरपालिका–५ मंगलसैन बजारबाट पक्राउ गरेको हो ।

गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गर्न अनुगमन

महेन्द्रनगरः गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गरिने भएको छ। सो सडकलाई चार

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका