बाजुरा घर भएका नवविवाहित दम्पती पहिरोमा पुरिएर बेपत्ता 



बाजुरा: बाजुरा घर भएका नवविवाहित एक दम्पती भारतमा पहिरोमा पुरिएर बेपत्ता भएका छन् । बाजुराको स्वामीकार्तिक-खापर गाउँपालिका २ घर भएका २३ बर्षीय रमेश बुढा र उनकी २१ वर्षीया प्रिया बम बुढा भारतमा आएको बाढीपहिरोमा पुरिएर बेपत्ता भएका हुन् ।

बुढाले कालिकोटको पलाता गाउँपालिका बस्ने प्रियासँग गत बैशाखमा भागी बिहे गरेका थिए । लामो प्रेम सम्बन्धपछि दुबै जना गाउँबाट भागेर बिहे गरेका थिए । दुवै जना घरबाट भागेर भारत पुगेका थिए । भारतको उत्तराखण्डको उत्तरकाशी जिल्लाको धराली गाउँमा बसेर उनीहरुले ज्याला मजदुरीको काम गरिरहेका थिए ।

पैसा कमाएर गाउँमा धुमधाम बिहे गर्ने योजना थियो । तर साउन २० गते उत्तराखण्डको उत्तरकाशी जिल्लाको धराली गाउँमा अचानक आएको बाढीपहिरोमा पुरिएर दुवै जना बेपत्ता भए । बिहे गरेको ४ महिना मात्र पुगेको थियो । त्यो दिन धेरै पानी परेको थियो, काममा नगएर कोठामै बसेका थिए ।

एकाएक बाढीसँगै आएको पहिरोले पुरेर बेपत्ता बनाएको स्थानीय जनक बुढाले बताए । अहिलेसम्म उनीहरुको शव फेला परेको छैन् । रमेशका बुवा मिमे बुढा र आमा पिउली बुढा दुबै जना दमको बिरामी छन् । उक्त बाढीपहिरोमा परी बाजुराको सोही पालिकाका २४ जना घाइते भएका छन् ।

घाइते हुनेमा स्वामीकार्तिक-खापर गाउँपालिका-१ का ३६ बर्षका प्रकाश बुढा, २४ बर्षकी पछना बुढा, २७ बर्षका धन बुढा, २८ बर्षका महेन्द्र महतारा र जयन्द्र बुढा छन् । त्यस्तै वडा नम्बर २ का ४९ बर्षका पसे बुढा, २९ बर्षका दिनेश बुढा, ४२ बर्षका मानबहादुर बुढा, ३२ बर्षका रजबहादुर महतारा, जनेश बुढा, पछी महतारा, बिर बुढा तथा बर्षनी बुढा घाइते भएका छन् ।

त्यसैगरी, ७ महिने बालिका अपसरा बुढा, ३ बर्षका बादल बुढा, २९ बर्षका मादप महतारा, विपना बुढा, ३४ बर्षका दिपेन्द्र महतारा, ३० बर्षका मानबहादुर बुढा, विष्णा बुढा, पल्लव महतारा, रुप्सा बुढा, पुष्पराज बुढा र रुप्स बुढा घाइते भएका छन् ।

गाउँपालिका अध्यक्ष भरतबहादुर रोकायाका अनुसार धेरै जना घाइते छन् । उनले राहत, घाइतेको उपचार र क्षतिपुर्तिका लागि नेपाल सरकार हुदै भारत सरकारसँग पहल भइरहेको बताए ।

गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गर्न अनुगमन

महेन्द्रनगरः गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गरिने भएको छ। सो सडकलाई चार

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका