अत्तरिया: कैलालीको गोदावरी घर भएका एक बालकको शव खुटिया खोलामा फेला परेको छ । आइतवार गोदावरी नगरपालिका–९ बल्मीका पुष्पराज जोशीका ११ वर्षीय छोरा दीपेन्द्र जोशी हराएका थिए ।
दिउँसो १२ बजे घरबाट खाना खाएर निस्केका दीपेन्द्र घर नफर्किएपछि नदीमा बगेको आशंका गरिएको थियो । बालक हराएपछि खोजी गर्ने क्रममा राति बेपत्ता भएका बालकका साथी ११ वर्षीय पारस धामीले ३ जना खुटिया खोलामा नुहाउन गएको र नुहाउने क्रममा दीपेन्द्र हराएको प्रहरीलाई बयान दिएका थिए ।
सोही आधारमा खोजी गर्दा सोमवार बिहान बालकको शव फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी रणबहादुर चन्दले बताए । उनका अनुसार हराएका बालकसँगै ३ बालक खुटिया खोलामा नुहाउन गएका थिए । नुहाउने क्रममा दीपेन्द्र हराएका थिए । प्रहरीले आइतवार राति नै बालक बगेको स्थानमा चप्पल फेला पारेको थियो ।








प्रतिक्रिया दिनुहोस