७ लाख बढी भ्रष्टाचार गरेको भन्दै धनगढीका वन अधिकृत विरुद्ध मुद्दा दायर 



अत्तरिया: ७ लाख ३१ हजार रूपया भ्रष्टाचार गरेको भन्दै कैलालीको धनगढीका एक वन अधिकृत विरुद्ध मुद्दा दायर गरिएको छ । डिभिजन वन कार्यालय, धनगढीका वन अधिकृत पूर्णशंकर यादव विरुद्ध मुद्दा दायर गरिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वरिष्ठ वन अधिकृति विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।आयोगले सोमवार वरिष्ठ वन अधिकृत यादवविरुद्ध ७ लाख ३१ हजार बिगो कायम गरी विशेष अदालतमा आरोप–पत्र दायर गरेको छ ।

अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले वन अधिकृत यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको बताए । उनकाअनुसार वन अधिकृत यादवले कैलालीको चुरे गाउँपालिका–६ स्थित ग्वासी सामुदायिक वनको घाटगद्दी गरेको काठको छोडपूर्जीका लागि सेवाग्राहीसँग घुस माग गरेको भन्ने उजुरी परेको थियो ।

सोही उजुरीका आधारमा अनुसन्धान हुँदा वन अधिकृत यादवले सेवाग्राहीसँग ७ लाख ३१ हजार घुस लिएको पुष्टि भएपछि आरोपपत्र दायर गरेको अख्तियारका प्रवक्ता पौडेलले बताए ।

केही समयअघि यादवलाई सेवाग्राहीबाट ७ लाख ३१ हजार रुपैयाँ घुस लिएको अवस्थामा अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो । उनीमाथि ७ लाख ३१ हजार बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० बमोजिम कैद र सजायको माग गरिएको आरोप–पत्रमा उल्लेख छ ।

गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गर्न अनुगमन

महेन्द्रनगरः गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गरिने भएको छ। सो सडकलाई चार

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका