गोदावरी नगरपालिकाले दियो प्रमाणबिना २ करोड ६५ लाख ७७ हजार भुक्तानी 



अत्तरिया: कैलालीको गोदावरी नगरपालिकाले प्रमाण बिना नै २ करोड ६५ लाख ७७ हजार भुक्तानी दिएको पाइएको छ ।

नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ मा भुक्तानी दिन आवश्यक पर्ने कागजात अर्थात कुनै प्रमाण बिना नै सो रकम भुक्तानी गरेको पाइएको हो ।

नगरपालिकाले नियमित गर्नुपर्ने एक करोड ८३ लाख ७६ हजार र पेश्की बाकी २४ लाख देखिएको छ । गोदावरी नगरपालिकाको बेरूजु अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा आर्थिक वर्ष २०८०/८१ मा बढेको छ ।

२०७९ मा ४९ करोड २९ लाख ७ हजार बेरूजु देखिएकोमा यस्तो बेरूजु २०८० सम्म आइपुग्दा बढेर ५४ करोड ३७ लाख ८१ हजार नाघेको छ ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तदायित्व ऐन अनुसार काम हनुपर्नेमा त्यो हुन नसकेको महालेखा परीक्षकको प्रतिवेदनले देखाएको छ । नगरपालिकाको बेरूजु बर्सेनि घट्दै जानुपर्नेमा बढ्दै गएको पाइएको छ ।

गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गर्न अनुगमन

महेन्द्रनगरः गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गरिने भएको छ। सो सडकलाई चार

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका