पाँच जना कैदीबन्दीलाई कैलाली जेलबाट अन्तै स्थानान्तरण 



धनगढी: मंगलबार कैलालीका नयाँ प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले कैलाली कारागार घटनामा घाइते भएर अस्पतालमा रहेका कैदीबन्दीको व्यवस्थापनको विषयमा छलफल गरेका छन् ।

हालै मात्र सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी लम्सालले मंगलबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा डिस्चार्ज भएका कैदीबन्दीको उचित व्यवस्थापन गरिने बताए । कारागारभित्र भएको हिंसात्मक घटनालाई उनले गम्भीर रूपमा लिएका छन् ।

कैलाली कारागारमा गत साउन २४ गते राति भएको हिंसात्मक घटनामा एक जना कैदीबन्दीको मृत्यु भएको छ भने ४८ जना घाइते भएका छन् । उपचारका लागि सेती प्रादेशिक अस्पताल भर्ना गरिएका ३९ जना कैदीबन्दी उपचारपछि डिस्चार्ज भएका छन् । तर उनीहरुलाई कारागार लगिएको छैन ।

डिस्चार्ज भएका कैदीबन्दीलाई सेती प्रादेशिक अस्पतालअन्तर्गत कोरोना अस्पताल भवनमा राखिएको छ । सेतीमा पाँच जना तथा काठमाडौँमा तीन जना कैदीबन्दीको उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी लम्सालले बताए ।

उनीहरुमध्ये चार जनालाई कञ्चनपुर र एक जनालाई नवलपरासी स्थानान्तरण गरिएको छ । डिस्चार्ज भएका केही कैदीबन्दीले स्थानान्तरण र केहीले कैलाली कारागारमै रहने चाहना राखेको प्रशासनले जनाएको छ ।

गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गर्न अनुगमन

महेन्द्रनगरः गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गरिने भएको छ। सो सडकलाई चार

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका