दार्चुलामा जीप दुर्घटना: जीपमा सवार ११ जनामध्ये ४ जना गम्भीर घाइते 



दार्चुला; दार्चुलामा जीप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जना गम्भीर घाइते छन् । बिहीबार बिहान जिल्लाको नौगाड गाउँपालिका–४ होपरीमा जीप दुर्घटनामा परेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार होपरीबाट होपरीगाडतर्फ गइरहेको जीप दुर्घटनामा परेको हो । होपरीबाट होपरीगाडतर्फ गइरहेको लाकेन्द्र सिह ठगुन्नाले चलाएको सुपप्र ०४००१ ज ०१०३ नम्बर जिप दुर्घटना भएको दार्चुला प्रहरीका सूचना अधिकारी छत्रबहादुर रावतले बताए ।

रावतका अनुसार जीपमा सवार ११ जनामध्ये ४ जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा २५ वर्षीया पार्वती टमटा, २६ वर्षीय मोहन ठगुन्ना, १८ वर्षीय अप्सरा महता र ३५ वर्षीय उमेश ठगुन्ना रहेका छन् । गाडी चिप्लो बाटोमा ब्रेक नलाग्दा दुर्घटना भएको हो ।

गाडीमा सवारमध्ये ७ जना सामान्य घाइते रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका ४ जनालाई उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गर्न अनुगमन

महेन्द्रनगरः गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गरिने भएको छ। सो सडकलाई चार

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका