अत्तरिया: कैलालीमा हतियारसहित २ जना पक्राउ परेका छन् । जिल्लाको कैलारी गाउँपालिका-५ बड्कीपलियाबाट हतियारसहित २ जना पक्राउ परेका हुन ।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीले हतियारसहित २ जनालाई आज नियन्त्रण लिएको हो । १ थान २ नाले बारबोर बन्दुक तथा सोही बन्दुकमा प्रयोग हुने ४ राउण्ड गोली र मोटरसाइकिलसहित २ जना पक्राउ परेका छन् ।
सशस्त्र प्रहरी बल नेपालको गस्ति टोलीले कैलारी गाउँपालिका-३ बड्कामुडाका ६८ वर्षीय राम भरोसे डगौंरा थारु र सोही गाउँपालिका-५ गोवरैला गाँउ बस्ने ५७ वर्षीय जगदिश चौधरीको साथबाट १ थान २ नाले बारबोर बन्दुक र सोही बन्दुकमा प्रयोग हुने ४ राउण्ड गोली बरामद गरेको छ ।








प्रतिक्रिया दिनुहोस