अत्तरिया: नेपाल र अंग्रेजबीच युद्ध अन्त्य गर्दै सन् १८१६ को ४ मार्चमा भएको सुगौली सन्धिले नेपाल र ब्रिटिस भारतबीचको पश्चिमी सीमा काली नदीलाई निर्धारण गरेको थियो ।
काली नदीको मुहान लिम्पियाधुरा भएकाले यो नदीको बहाव नै नेपाल र भारतको सिमाना हो । त्यसैले कालीको शिर लिम्पियाधुराभन्दा पश्चिम भारत हो भने पूर्वका कालापानी र लिपुलेक स्वतः नेपालका हुन् ।
व्यास उपत्यकाभित्रको व्यास गाउँपालिकाको ३७० वर्गकिलोमिटर क्षेत्र अहिले नेपालको पहुँचबाट अलग छ । भारतले यो क्षेत्रलाई उत्तराखण्डको पिथौरागढ जिल्लामा राखेको छ । यो भूभाग करिब ललितपुर जिल्ला बराबर हो, ललितपुरको क्षेत्रफल ३८५ वर्गकिलोमिटर छ ।
नेपाल सरकारले २०७७ जेठ ७ गते लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नयाँ राजनीतिक र प्रशासनिक नक्सा सार्वजनिक गरेको थियो । तत्कालीन भूमि व्यवस्था मन्त्री पदमा अर्यालले मन्त्रिपरिषद्ले स्वीकृत गरेको चुच्चे नक्सा सार्वजनिक गरेकी थिइन् । तर नक्सा सार्वजनिक भएको लामो समय वितिसक्दा पनि सो क्षेत्रका नागरिकप्रति सरकार बेखबर छ । राष्ट्रिय जनगणना २०७८ मा समेत सो क्षेत्रलाई समावेश गरिएको छैन ।








प्रतिक्रिया दिनुहोस