गोदावरीमा ५२ वटा स्कुल बसहरूमा कालो ब्यानर टाँसेर विद्यालय शिक्षा विधेयकको विरोध 



अत्तरिया: कैलालीको गोदावरीमा ५२ वटा स्कुल बसहरूमा कालो ब्यानर टाँसेर विद्यालय शिक्षा विधेयकको विरोध गरिएको छ । गोदावरी नगरभित्र सञ्चालित निजी विद्यालय सञ्चालकहरूले सडकमा खाली बसहरू निकालेर विद्यालय शिक्षा विधेयकको विरोध गरेका हुन ।

विद्यालय शिक्षा विधेयकविरुद्ध आज संयुक्त रूपमा विरोध प्रदर्शन गरिएको हो । प्रदर्शनमा निजी विद्यालय संगठनको सहभागिता थियो । विरोध र्‍यालीमा सहभागी निजी विद्यालय सञ्चालकहरूले विद्यालय शिक्षा विधेयकका केही प्रावधानले निजी विद्यालयको अस्तित्वमै संकट ल्याउने दाबी गरेका छन् ।

विशेषगरी निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाउनुपर्ने प्रावधान र नयाँ छात्रवृत्ति व्यवस्थाप्रति असन्तुष्टि जनाएका छन् । विद्यालय सञ्चालकहरूले हाल अभ्यासमा रहेको छात्रवृत्ति प्रणाली नै यथावत राख्नुपर्ने र निजी विद्यालयलाई गैरनाफामूलक बनाउने प्रावधान तत्काल हटाउनुपर्ने माग गरेका छन् ।

उनीहरूले विधेयक जसरी पारित भएको छ, त्यसरी नै लागू भएमा धेरै निजी विद्यालयको अस्तित्व संकटमा पर्ने र विद्यार्थीको भविष्य प्रभावित हुने चेतावनी दिएका छन् ।

गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गर्न अनुगमन

महेन्द्रनगरः गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गरिने भएको छ। सो सडकलाई चार

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका