अत्तरिया: कैलालीको धनगढीबाट सशस्त्र प्रहरीले ४८ लाख मुल्य बढीका अबैध मोबाइल पार्टस बरामद गरेको छ।
आज बिहान धनगढी उपमहानगरपालिकाको बहुलियाघाटबाट ४८ लाख १२ हजार मुल्यका मोबाइल पार्टस बरामद गरिएको हो । सशस्त्र प्रहरी बल नेपाल ३४ नम्बर गण हेडक्वाटर कैलालीले अबैध सामान नियन्त्रणमा लिएको हो ।
मोबाइल पार्टस र डाटाकेबल समेत बरामद गरिएको छ । साथै ती सामान बोक्न प्रयोग गरिएका ४ वटा साइकल पनि सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । बरामद गरिएका सामान भन्सार कार्यालय चलान गरिएको छ ।








प्रतिक्रिया दिनुहोस