अत्तरिया: कैलालीको गोदावरी नगरपालिका र मातहतका कार्यालयले समयमा बीमा, खानेपानी र विद्युत महसुल नतिर्ने गरेको पाइएको छ । समयमा नगरपालिका र माततका कार्यालयले महसुल नबुझाउदा २ लाख १९ हजार ९२३ रुपैयाँ जरिबाना तिर्नुपरेको हो ।
नगरपालिका र माततका कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा यति ठूलो रकम जरिबाना वाफत बुझाउनु परेको हो । नगरपालिकाले विद्युत बाफतको जरिबाना १ लाख ८९ हजार ४०९ , बीमा नवीकरण जरिबाना २५ हजार ८५० र खानेपानी जरिबाना ४ हजार ६६४ रुपैयाँ तिरेको पाइएको छ ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम ४० अनुसार खर्चको बिल भरपाईसहित लेखा राख्नुपर्ने र रित पुगे नपुगेको जाँच गर्नुपर्ने व्यवस्था छ।
तर कार्यालयले विद्युत महसुल, खानेपानी महसुल र सवारी साधनको शुल्क तथा बीमा नवीकरण बुझाई छुट लिनुपर्नेमा ढिला गरी दुई लाख १९ हजार ९२३ रुपैयाँ जरिबाना स्वरूप विभिन्न मितिमा भुक्तानी गरेको पाइएको छ ।








प्रतिक्रिया दिनुहोस