अत्तरिया: कैलालीबाट सशस्त्र प्रहरी बलले ५९ लाख मूल्यको अवैध मोबाइल पार्ट्स बरामद गरेको छ ।
जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर १९ फुलबारीबाट आज दिउँसो ५९ लाख मूल्य बराबरको अवैध मोबाइल पार्ट्स बरामद गरेको हो । भारतबाट भन्सार छलेर भित्र्याइएका मोबाइल पार्ट्सहरू सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीबाट सशस्त्र प्रहरी नायब उपरीक्षक साजेन्द्रप्रसाद श्रेष्ठको कमाण्डमा खटिएको मोबाइल टोलीले भारतबाट अबैध रुपमा भन्सार छलेर नेपाल भित्र्याई बेवारिसे अवस्थामा रहेको १० पोका ५९ लाख ७३ मुल्यको मोबाइल पार्टस, डाटा केवल र वायरलेस ब्लुटुथ बरामद गरेर आवश्यक कारवाहीका लागि सत्ती भन्सार कार्यालय खक्रौलामा बुझाएको छ ।








प्रतिक्रिया दिनुहोस