कैलाली कारागारभित्र घाइते १४ कैदीबन्दीलाई सारियो अन्यत्र 



धनगढीः कैलाली कारागारभित्र घाइते १४ कैदीबन्दीलाई अन्यत्र सारिएको छ । कैलाली कारागारभित्र यसअघि भएको हिंसात्मक घटनामा घाइते भइ उपचारपछि डिस्चार्ज भएका ७ जना कैदीबन्दीलाई सोमबार अन्यत्र सारिएको हो।

चार जनालाई जिल्ला कारागार डडेल्धुरा र तीन जनालाई जिल्ला कारागार डोटीमा सारिएको कारागार प्रशासनले जनाएको छ। गत साउन २३ गते राति कैलाली कारागारमा भएको हिंसात्मक घटनामा एक जनाको मृत्यु भएको थियो भने ४८ जना घाइते भएका थिए । यसअघि सेतीमा उपचारपछि डिस्चार्ज भएका तीन जनालाई कञ्चनपुर तथा एक जनालाई नवलपरासी स्थानान्तरण गरिएको थियो ।

त्यस्तै उपचारका लागि काठमाडौं पठाइएका तीन जना कैदीबन्दीलाई यसअघि नै त्यहीँको कारागारमा स्थानान्तरण गरिएको कैलाली कारागारका प्रमुख प्रकाश ढुङ्गानाले बताए । स्थानान्तरणका लागि कैदीबन्दीबाट निवेदन माग गरिएको उनले बताए । कारागार प्रशासनका अनुसार उपचारपछि डिस्चार्ज भएर अस्पतालमै रहेका थप केही कैदीबन्दीलाई पनि कारागार व्यवस्था विभागको अनुमतिमा स्थानान्तरणको तयारी छ ।

घाइते ४८ मध्ये हालसम्म १४ जनालाई अन्य कारागारमा स्थानान्तरण गरिएको र बाँकी कैदीबन्दीलाई डिस्चार्जपछि सेती प्रादेशिक अस्पतालअन्तर्गत कोरोना अस्पतालमा राखिएको कारागार प्रशासनले जनाएको छ । सेती प्रादेशिक अस्पतालले घाइते २७ जना कैदीबन्दीलाई उपचारपछि  गत साउन २७ गते नै डिस्चार्ज गरेको थियो ।

गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गर्न अनुगमन

महेन्द्रनगरः गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गरिने भएको छ। सो सडकलाई चार

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका