कैलालीमा १० लाख बढी मूल्यको अवैध औषधिसहित दुई जना पक्राउ 



अत्तरिया: कैलालीमा १० लाख बढी मूल्यको अवैध औषधिसहित दुई जना पक्राउ परेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर ७ मोतीचोकबाट अवैध औषधिसहित दुई जना पक्राउ परेका हुन् ।

हिजो सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीले १० लाख मूल्यभन्दा बढीको अवैध औषधिसहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।

भारतबाट भन्सार छलेर १० लाख ६५ हजारभन्दा बढी मूल्यको औषधि र मोटरसाइकल सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपाल ३४ नम्बर गण हेडक्वाटर कैलालीबाट खटिएको नौ जनाको मोबाइल टोलीले दुई जनालाई अवैध औषधिसहित नियन्त्रणमा लिएको हाे ।

जिल्लाको कैलारी गाउँपालिका-५ पवेराका ३० वर्षीय मनोजकुमार चौधरी र गौरीगङ्गा नगरपालिका-१० उदासीपुरका २६ वर्षीय खेमराज चौधरी अवैध औषधसहित पक्राउ परेको सशस्त्र प्रहरी बल कैलालीले जनाएको छ । पक्राउ परेका व्यक्ति, अवैध औषधि र मोटरसाइकल आवश्यक कारबाहीका लागि भन्सार कार्यालय धनगढीको जिम्मा लगाइएको छ ।

गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गर्न अनुगमन

महेन्द्रनगरः गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गरिने भएको छ। सो सडकलाई चार

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका