अत्तरियामा संस्थागत रूपमै वन अतिक्रमण गरेर भौतिक संरचना निर्माण 



अत्तरिया: कैलालीको अत्तरियामा संस्थागत रुपमै वन क्षेत्र अतिक्रमण गरेर भौतिक संरचना निर्माण गर्ने काम रोकिएको छैन् । वन क्षेत्र कब्जामा लिएर सरकारीदेखि निजी प्रयोजनका भौतिक संरचना निर्माण कार्य अहिले पनि जारी छ । अत्तरियामा पुर्वपश्चिमदेखि दक्षिण क्षेत्रसम्मै वन अतिक्रमण भइरहेको हो ।

सामुदायिक वन क्षेत्रमा निजी प्रयोजनका भौतिक संरचना निर्माण धमाधम भइरहेको भए पनि रोक्ने काम कहिँकतैबाट हुन नसकेको स्थानीय विष्णुदत्त खत्रीले गुनासो पोखे । ‘वन क्षेत्र कब्जामा लिएर निजी घर, व्यावसायीक प्रयोजनदेखि पार्टी कार्यालयका भवनसम्म बनाउन ठुलो चलखेल भइरहेको छ ।’

अत्तरियाको पुर्व रोड दुर्गा मन्दिर पछाडीको ठुलो वन क्षेत्र मासेर नयाँनयाँ भौतिक संरचना निर्माण भइरहँदा पनि वन कार्यालय टुलुटुल हेरेर बसेको उनले बताए । अत्तरियामा यति बेला सामुदायिक वनका रुखहरु सुकार रातारात विभिन्न प्रयोजनका भौतिक संरचना निर्माण भइरहेका छन् ।

अत्तरियामा संस्थागत रूपमै वन अतिक्रमण तीव्र भइरहेको अर्का स्थानीय प्रमोद जोशीले बताए । ‘ठुल–ठुला सालका रुखहरु सुकाएर वन क्षेत्रमा अबैध रुपमा वस्ती विस्तार बढेको छ, रोक्ने काम कसैले गरेको छैन् ।’

डिभिजन वन कार्यालय धनगढीले भने संस्थागत रुपमा भइरहेको अतिक्रमण खाली गर्न चुनौति भइरहेको दाबी गर्दै आएको छ । गोदावरीमा निजी घर निजी व्यापारिक प्रयोजनका भवन, मठमन्दिर लगायत संरचना वन क्षेत्रमा निर्माण हुँदै आए पनि यस्तो कार्य रोक्न कतैबाट पहल भएको छैन् ।

गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गर्न अनुगमन

महेन्द्रनगरः गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गरिने भएको छ। सो सडकलाई चार

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका