अत्तरिया सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय अन्तर्गत गेटा मेडिकल कलेजका अधिकांश भवनहरू चर्किएका छन्। धेरैजसो भवनका पेटीदेखि छतसम्मै फुटेका छन्।
झन्डै ७ अर्ब रुपैयाँ खर्चिएर निर्माण गरिएका ती भवनहरू उपयोगमा नआउँदा चर्किन थालेका छन्। भवन परिसर बन्जडमा परिणत हुन पुगेको छ भने भवनमा लगाइएको रङ्गहरू खुइलिन थालेको छ। नर्सिङ छात्रावासका लागि बनाइएका भवनहरू पुरै झाडीले छोपिएका छन्।
अधिकांश भवनहरू माकुराको जालोले भरिएका छन्। जताततै फोहोर पनि बढेको छ । मेडिकल कलेजका अधिकांश भवनहरू उपयोगमा नआउँदा भैंसी गोठ जस्ता बन्न पुगेका छन्। मेडिकल विश्वविद्यालय सञ्चालनका लागि ऐन आउँदा पनि सञ्चालनमा आउन सकेको छैन। त्यसका लागि आवश्यक जनशक्तिको व्यवस्थापन समेत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्न सकेको छैन।
गेटा मेडिकल कलेजका लागि १ अर्बभन्दा बढी रुपैयाँ खर्चेर स्वास्थ्य उपकरण खरिद गरिएको छ। तर आवश्यक जनशक्ति र पूर्णरुपमा अस्पताल सञ्चालनमा नआउँदा ती स्वास्थ्य उपकरणहरु प्लास्टिकभित्र थन्क्याएर राख्ने काम भएको छ।








प्रतिक्रिया दिनुहोस