कैलालीको खुटिया खोलामा एकैसाथ अस्ताए जुम्ल्याहा दाजुभाइ 



अत्तरिया: कैलालीको गोदावरी नगरपालिका–९, सेहरी झोलुंगे पुल नजिक खुटिया खोलामा बिहीबार दिउँसो जुम्ल्याहा दाजुभाइको मृत्यु भएको छ । साथीको जन्मदिन मनाउन गएका सात किशोरमध्ये चार जनाको  खुटिया खोलामा डुबेर मृत्यु भएको हो ।

मृतकमध्ये धनगढी उपमहानगरपालिका–४ का १६ वर्षीय जेव भण्डारी र जाबेज भण्डारी जुम्ल्याहा हुन् । जोयल भण्डारी र शान्ति भण्डारीको कोखबाट एकैसाथ जन्मिएका उनीहरुको जीवन पनि एकैसाथ खुटिया खोलामा अस्ताउन पुगेको छ । यो असह्य पीडाले भण्डारी परिवारमात्र नभएर, पूरै धनगढी शोकमा डुबेको छ ।

प्रहरीको विवरण अनुसार भण्डारीसँगै मृत्यु हुनेमा धनगढी–४ तारानगरका डिल्लीराज जोशी र हरिप्रिया जोशीका १७ वर्षीय छोरा सक्षम जोशी, धनगढी–५ जाइका बलिराम चौधरी र सोनदेवी चौधरीका १५ वर्षीय छोरा प्रतीक चौधरी रहेका छन् । उनीहरुमध्ये तीन जना वाल्मीकि इन्टरनेसनल स्कुल र एक जना ग्यालेक्सी स्कुलमा कक्षा ११ मा अध्ययनरत थिए ।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख, प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दका अनुसार दिउँसो साढे १२ बजेतिर किशोरहरू नदीमा पसेका थिए । खोलाको बेगसँगै विपत्तिमा परेका उनीहरूको शव स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सहयोगमा करिब चार घण्टापछि, अपराह्न ४ बजे फेला परेको थियो ।

डीएसपी चन्दले भने, ‘सातै जना साथीले जन्मदिनको रमाइलो गर्दै खाना खाएपछि वारिपट्टी फर्कने क्रममा डुबेका हुन् । एक जना डुबेपछि बचाउन खोज्दा अन्य तीन जनाको पनि ज्यान गएको हो । बाँकी तीन जना भने पारिपट्टी नै रोकिएका कारण सकुशल रहे ।

समूहमा सहभागी सात जनामध्ये नवीन डडाल, युवराज कुँवर र आकाश मल्ल भने सकुशल रहेका छन् । उनीहरूलाई घटनास्थल नजिकै अर्धनग्न अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । शव अहिले सेती प्रादेशिक अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ । परीक्षणपछि परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गर्न अनुगमन

महेन्द्रनगरः गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गरिने भएको छ। सो सडकलाई चार

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका