अत्तरियामा विद्यार्थी ओहोरदोहोर गर्ने सडकमा सेनाले गेट निर्माण गरेपछि... 



अत्तरिया: कैलालीको अत्तरियामा नेपाली सेनाले विद्यार्थी ओहोरदोहोर हुने सडकमा गेट निर्माण गरेपछि त्यसको सर्वत्र विरोध हुन थालेको छ। गोदावरी नगरपालिका वडा नम्बर २ स्थित वनखेतमा नेपाली सेनाले गेट निर्माण गरेपछि त्यसको सर्वत्र रुपमा विरोध गरिएको हो।

नेपाली सेनाले सो क्षेत्र आफ्नो क्षेत्राधिकारभित्र परेको भन्दै यतिबेला गेट निर्माण गर्न थालेको छ। सेनाले चारैतिर तारबार समेत गरिसकेको छ। दुर्गा लक्ष्मी बहुमुखी क्याम्पस प्रवेश गर्ने मार्गमै सेनाले गेट निर्माण गरेपछि यसको विरोध गरिन थालेको छ। दैनिक ३ हजारको सङ्ख्यामा विद्यार्थीहरू सो सडक भएर ओहोरदोहोर गर्दै आएका छन्।

नेपाली सेनाले सो क्षेत्र खाली गराउनुपर्ने गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टले बताएका छन्। सेनाले सो क्षेत्रसँगै बसपार्क र लामिताल क्षेत्र पनि  छोड्नुपर्ने र त्यसका लागि कुराकानी भइरहेको उनले बताएका छन्। नेपाली सेना गोदावरीमा विकासको बाधक नबन्ने आफूले अपेक्षा गरेको समेत उनको तर्क छ। तर नेपाली सेनाले पनि आफ्नो भोगाधिकारभित्र पर्ने पुरै जमिन उपयोगमा ल्याउने दाबी गर्दै आएको छ।

सेनाले कुनै पनि हालतमा सो क्षेत्र उपयोगमा ल्याएर छोड्ने दाबी गरेको छ। नेपाली सेनाका पोष्टपति भेषबहादुर बुढाथोकीले सेनाको भोगाधिकारभित्र पर्ने पुरै क्षेत्रफलमा तारबार गर्ने काम भइरहेको बताए। नेपाली सेनाले १७.५ हेक्टर वन क्षेत्र उपभोग गर्दै छ ।

यतिबेला इलाका प्रहरी कार्यालय मालाखेती र सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले भोगचलन गर्दै आएको जग्गामा सेनाले तारबार गर्दैछ। सरकारले गरेको निर्णयका आधारमा भोगाधिकार प्राप्त भइसकेकाले उक्त जग्गामा तारबार गरेर संरक्षण गर्ने नेपाली सेनाको दाबी छ।

इलाका प्रहरी कार्यालय मालाखेतीले भने सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई पत्र पठाउँदै आफूले भोगचलन गर्दै आएको जग्गा सेनाले लिन खोजेको भन्दै सहयोग मागेको छ। तर नेपाली सेनाको भवानी दल गण तेघरी ब्यारेकले भौतिक संरचना बनेको बाहेक भोगाधिकार प्राप्त गरेको जग्गा प्रहरीले छाड्नुपर्ने बताउँदै आएको छ।

साविकको मालाखेती गाविस-७ अत्तरिया पूर्वपश्चिम राजमार्गबाट उत्तरतर्फको मोटरेबल कच्ची बाटो, पश्चिम दीपायल जाने पक्की सडक, दक्षिण महेन्द्र राजमार्ग र उत्तरतर्फको जंगल क्षेत्रको राष्ट्रिय वन क्षेत्रको १७.५ हेक्टर जग्गा नेपाली सेनाले भोगाधिकार गर्ने निर्णय सरकारले गरेको पाइएको छ ।

नेपाली सेनाले लिन खोजेको स्थानमा करिब एक सयवटा घर निर्माण भइसकेका छन् भने अत्तरिया बसपार्कको जग्गा पनि त्यसैमा पर्छ। वन विभागले २८ वैशाख २०६२ मा जिल्ला वन कार्यालय कैलालीलाई जग्गाको भोगाधिकार सेनालाई दिइएको पत्र पठाएको थियो।

अहिले नेपाली सेनाको भवानी दल गण तेघरीले घेरबार गरिरहेको जग्गा राष्ट्रिय वनका रूपमा थियो। राष्ट्रिय वन भएकै कारण संरक्षण हुन भने सकेको थिएन। योसँगै जोडिएको दुर्गालक्ष्मी महिला सामुदायिक वन भने स्थानीयले २०५३ सालदेखि नै संरक्षण गर्दै आएका थिए।

पछि उक्त राष्ट्रिय वनलाई पनि दुर्गालक्ष्मी सामुदायिक वनले नै संरक्षण गर्न थालेको थियो। निजी र सार्वजनिक रूपमा भोगचलनमा रहेको जग्गा नेपाली सेनाले छाड्नुपर्ने स्थानीयको माग छ। इलाका प्रहरी कार्यालय मालाखेती, प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरिया, अत्तरिया बसपार्क र त्यो क्षेत्रमा बनेका घरधुरीको बसोबास पनि सेनाकै भोगाधिकार प्राप्त जग्गामा रहेको छ। नेपाली सेनाको भवानी दल गण तेघरीले भोगाधिकार प्राप्त गरेको क्षेत्रमा गत असोजदेखि नै चेकपोष्ट खडा गरेर संरक्षण दिइरहेको छ।

गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गर्न अनुगमन

महेन्द्रनगरः गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गरिने भएको छ। सो सडकलाई चार

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका