धनगढी: कैलालीको धनगढीमा ५ किलो चरेससहित होटल सञ्चालक पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–२ मिलनचोकस्थित एक होटलबाट पाँच किलो ६९० ग्राम चरेससहित होटल सञ्चालकलाई प्रहरीले आज पक्राउ गरेको हो।
बझाङको बुङ्गल नगरपालिका–८ घर भई हाल धनगढी–२ स्थित जयराम होटल एन्ड लज रेस्टुराँका सञ्चालक राम बोहरालाई चरेससहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकराज जोशीले बताएका छन्।
उनका अनुसार बोहराको होटलमा शंक लागि जाँच गर्दा चरेस फेला परेकाले निजलाई नियन्त्रणमा लिइएको हो ।यस्तै हिजो मात्र लागूऔषध व्युरो शाखा धनगढी, वडा प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले धनगढी उप-महानगरपालिका-२ त्रिनगर ब्यारेलबाट डोटीको शिखर नगरपालिका-८ घर भई हाल कैलालीको गोदावरी नगरपालिका-१ बस्ने बर्ष ३५ को बिरबहादुर रावल २ ग्राम ७६० मिलिग्राम खैरोइनसहित पक्राउ परेका थिए।
यस्तै कैलालीको चुरे गाउपालिका-३ बस्ने बर्ष ३२ को मोहन मल्ललाई ५९० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको छ। यस्तै धनगढी उप-महानगरपालिका-१२ जुगेडाबाट जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थायी प्रहरी पोष्ट जुगेडाबाट खटिगएको संयुक्त प्रहरी टोलीले बर्ष २३ को बिजय विक र बर्ष २२ को प्रदिप रानालाई ७४० मिलिग्राम खैरो हेरोइनसहित नियन्त्रण लिएर आवश्यधक कारवाहीको लागि प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ।








प्रतिक्रिया दिनुहोस