कञ्चनपुर: कञ्चनपुरमा तीन जना युवक लागुऔषधसहित पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–११ होल्डिङ् सेन्टर क्षेत्रबाट तीन जना युवक पक्राउ परेका हुन्।
भीमदत्त नगरपालिका–१८ का ३० वर्षीय प्रदीप नाथ, ३१ वर्षीय पारश शाह र बेदकोट नगरपालिका–१० का २२ वर्षीय नितेश पनेरु लागुऔषधसहित पक्राउ परेका हुन्।
उनीहरूको साथबाट १५३ एम्फुल नियन्त्रणमा लिइएको छ। उनीहरूलाई इलाका प्रहरी कार्यालय गड्डाचौकी र कञ्चनपुर जिल्ला प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो। उनीहरूलाई भारतीय नम्बर प्लेटकाे माेटरसाइकल चढेर नेपाल आउदै गरेकाे अवस्थामा प्रहरीले पक्राउ गरेको हाे।








प्रतिक्रिया दिनुहोस