अत्तरिया: कैलालीको गोदावरीबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। उनी माेटरसाइकलसहित पक्राउ परेका हुन्।
लागुऔषध नियन्तण ब्युरो शाखा कार्यालय महेन्द्रनगर, प्रहरी चौकी गेटा कैलाली र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको सयुक्त प्रहरी टोलीले गोदावरी नगरपालिका-१ बिजौरा स्थित माछा पोखरी नजिकबाट सोही स्थानका २७ वर्षीय राजु चौधरीलाई पक्राउ गरिएको हो।
उनलाई से ३ प ५१४१ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। उनले सोही मोटरसाइकलको अगाडीको भाइजरको मुनी हेन्डिलको टीगार्डको प्वाँलभित्र लुकाइ राखेको ब्राउन सुगर नौ ग्राम बरामद गरी उनलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएर थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय मालाखेतीमा राखिएको छ।








प्रतिक्रिया दिनुहोस