दार्चुलामा अटोरिक्सा दुर्घटना हुंदा ११ वर्षीया बालिकाको मृत्यु 



दार्चुला: दार्चुलामा अटो दुर्घटनामा परी एक बालिकाको ज्यान गएको छ। सोमबार नौगाड गाउँपालिका–५ को सौकेबगर भिरको सडकबाट म–१ ह–११४८ नम्बर अटो नौगाड खोलामा खस्दा ११ वर्षीया अरुणा धामीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवम् प्रहरी निरिक्षक छत्रबहादुर रावतले बताए।

सोही अटोमा सवार दुई जना महिला बेपत्ता भएको र खोजी कार्य जारी रहेको बताइएको छ। दुर्घटनामा परेको अटोमा चालकसहित पाँच जना सवार रहेको बताइएको छ।

अटो चालक मनीराम भुलका १७ वर्षीय छोरा आयुष भुल घाइते भएका छन्। उनलाई घट्ना स्थलबाट उद्दार गरी उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको छ। चालक मनीराम भुल प्रहरी नियन्त्रणमा छन्।

गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गर्न अनुगमन

महेन्द्रनगरः गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गरिने भएको छ। सो सडकलाई चार

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका